इरान र अफगानिस्तान बीच इन्धन व्यापारको सम्झौता

३ बर्ष अगाडि

एजेन्सी - इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन् । दुबै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको छ ।

शनिबार दुई देशबीच भएको सम्झौताअनुसार अफगानिस्तानले तीन लाख ५० हजार टन इन्धन आयात गर्नेछ । इरान भ्रमण गरेको अफगान प्रतिनिधिमण्डलले छिमेकी देशबाट तीन लाख ५० हजार टन तेल खरिद गर्न इरानी कम्पनीसँग शनिबार सम्झौता गरिएको अर्थ मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिनिधि मण्डलमा अर्थ र परराष्ट्र मन्त्रालय, केन्द्रीय बैंक, अफगानिस्तान आयल एण्ड ग्यास कर्पोरेशन र अफगानिस्तान राष्ट्रिय नापतौल प्राधिकरणका उच्च अधिकारी थिए ।

इरानमा रहँदा प्रतिनिधिमण्डलले पछिल्लो समय पेट्रोल र ग्यासको मूल्यमा भएको वृद्धि, अफगानिस्तानमा तेल खरिद, दर र पेट्रोलियम पदार्थको ढुवानी लगायत विषयमा छलफल गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया