तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्ताव स्वीकृत, २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी

३ बर्ष अगाडि

काठमाडौं - बैशाख यताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्ताव स्वीकृत भएको छ । उद्योग विभागबाट उक्त तीन महिनामा २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानीसहित करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्ताव स्वीकृत भएको हो ।

 प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी र करिब ५७ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी नै थप भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वैशाखदेखि असारसम्म १७ अर्बमात्र लगानी थपिएको थियो । 

 बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको छ । तर पछिल्लो तीन महिनामा उद्योगमा थपिएको लगानीले उद्योगी व्यवसायीमा भने निराशा नदेखिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया