साउन १ देखि १० करोड बढी कारोबार गर्ने व्यवसायीहरुले ई–बीजक जारी

३ बर्ष अगाडि

 काठमाडौं - चालू आर्थिक वर्षदेखि वार्षिक १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीहरुले ई–बीजक जारी गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि लागू हुनेगरि १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगी तथा व्यवसायीलाई ई–बीजक ९डिजिटल तथा अनलाईन बिलिङ० जारी गर्न अनिवार्य गरेको हो । 

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले वार्षिक १० रुपैयाँभन्दा बढीको कारोबार गर्ने साना उद्योगी तथा व्यवसायीले ई–बीजक जारी गर्नका लागि अनिबार्य अनुमति लिनु पर्ने बताए । 

उनका अनुसार होटल, रेष्टुरेण्ट, इन्टरनेटप्रदायकलाई ५ करोड र अन्य व्वसायीले १० रुपैयाँभन्दा बढी कारोबार गरेको अवस्थामा कम्प्युटर बिलिङ अनिवार्य गरेको हो ।

विगतका वर्षहरुमा भने व्यवसायीहरुले ३५ कारोड रुपैयाँभन्दा माथिको कारोबारमा मात्र ई–बीजक अनिवार्य गरेको थियो । राजस्व चुहावट नियन्त्रण गर्नका लागि सरकारले क्रमश स् सबै व्यवसायीलाई कम्प्युटर बिलिङ अनिवार्य गर्न निर्देशन दिएको प्रमुख शर्माले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया