४ अर्ब ८८ करोड राजस्व संकलन, आफ्नै लक्ष्य भेटाउन हम्मे

३ बर्ष अगाडि

काठमाडौं - आन्तरिक राजस्व कार्यालय पोखराले आफैले राजस्व उठाउन लिएको लक्ष्य भेट्टाउन असफल भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यलयले जम्मा ४ अर्ब ८८ करोड रुपैयाँ अर्थात् ९६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

यस क्षेत्रको राज्सव संकलन, अनुगमन र कारवाहीको जिम्मेवारी पाएको आन्तरिक राजस्व कार्यलयले व्यवसायीलाई करका दायरामा ल्याउन नसक्दा ठूलो राजस्व गूमेको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा वस्तुको विक्रीवितरण र सेवाका नाममा चर्को रकम लिने गरेपनि कार्यलयले समय, समयमा अनुगमन गर्न नसक्दा राजस्व गुमाउनु परेको छ ।

कार्यालयले अनुगमन नगर्दा पोखरा क्षेत्रमा सानो व्यवसायको प्यान नम्बर लिएर ठूला कारोवार गर्ने व्यवसायी रातारात मालामाल भएको चर्चा समेत चल्ने गरेको छ । 

कार्यालय प्रमुख शर्माका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, ब्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धि कर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतिशत, स्वास्थ्यतर्फ १७७ प्रतिशत र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजस्व संकलन भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया