काठमाडौं- नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलले आज (बुधबार)देखि शुभारम्भ भएको छ । नायिका तथा यस स्टोरकी ब्राण्ड द्रूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा स्टोरको एक समारोह बीच उद्घाटन गरिन् ।
समारोहमा बोल्दै नायिका खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरिन् ।
त्यसैगरी, बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत बिक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जनाए । ''नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ ।''
यस सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटम टिभी र बाद्यबादन लगायतका उत्पादनहरु उपलब्ध छन् ।
ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरु जित्न सक्ने छन् । वा सय प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन् । त्यसै गरी उनीहरुले खरिद गरेको समानको घरमा निशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउने छन् ।
बिग डिजिटलको काठमाडौं उपत्यकामा ४ वटा नयाँ ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ । यस्तै,यसको दिर्घकालिन योजना भनेको देशका सबै सातवटा प्रदेशहरुमा नयाँ स्टोरहरुको स्थापना गर्नु हो ।
प्रतिक्रिया