एजेन्सी - विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावलाई ध्यानमा राख्दै भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा हालै लगाइएको कर ९विन्डफल ट्याक्स० घटाएको छ ।
भारत सरकारले तीन साताअघि मात्रै डिजेल, पेट्रोल र हवाई इन्धन ९एटीएफ० निर्यातमा विन्डफल कर लगाएको थियो । कर घटाउने निर्णयबाट पेट्रोलियम पदार्थको सबैभन्दा ठूलो भारतीय निर्यातकर्ता रिलायन्स इन्डस्ट्रिज ९आरआईएल० लगायत ओएनजीसी जस्ता सरकारी तेल कम्पनीहरूले पनि सरकारको यो निर्णयबाट लाभान्वित हुने भएका छन् ।
कच्चा तेलको मूल्यवृद्धिलाई मध्यनजर गर्दै भारत सरकारले तीन साताअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा निर्यात शुल्क बढाउने निर्णय गरेको थियो । स्वदेशी रिफाइनरी कम्पनीहरुले डिजेल, पेट्रोल र एटीएफ निकासी गरेर ठूलो नाफा आर्जन गरिरहेका बेला भारत सरकारले यस्तो निर्णय गरेको थियो ।
भारत सरकारको पछिल्लो सूचनाअनुसार डिजेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले विन्डफल कर घटाइएको छ । त्यसैगरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँका दरले लाग्ने विन्डफल कर पूर्ण रुपमा हटाइएको छ । यसबाहेक स्वदेशमा उत्पादित कच्चा तेलको निकासीमा लाग्ने कर झन्डै २७ प्रतिशतले घटाएर अहिले प्रतिटन १७ हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया