काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो मंगलबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो मंगलबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६५ रुपैयाँलमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया