नयाँ आर्थिक वर्षको पहिलो दिन घट्यो सुनको मूल्य, बढ्यो चाँदी

३ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

गत शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । 

गत शुक्रबार प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँलमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया