राजश्व छुटमा करिब ४१ अर्बको स्वास्थ्य उपकरण नेपाल भित्रियो

३ बर्ष अगाडि

काठमाडौं - आर्थिक वर्ष २०७७/७८ मा साढे तीन सय स्वास्थय संस्थाले राजश्व छुटमा करिब ४१ अर्ब मूल्य बराबरको स्वास्थ्य उपकरण आयात भएको छ ।

महालेखाका अनुसार सरकारले कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि स्वास्थ्य उपकरण पैठारीमा राजश्व छुट प्रदान गरेको हो ।

स्वास्थ्य तथा जनंसख्या मन्त्रालयले काभिडको समयमा मापदण्ड अनुसार सूचीकृत औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरण पैठारी गर्दा लाग्ने सम्पूर्ण महसुल छुट सुविधा प्रदान गरेको थियो । 

आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य तथा जनंसख्या मन्त्रालयले ३५९ स्वास्थ्य संस्थालाई ४० अर्ब ८१ करोड ८२ लाख मूल्यको स्वास्थ्य उपकरण पैठारीमा राजस्व छुटको सिफारिश गरेको महालेखाले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया