काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो मंगलबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो मंगलबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँलमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया