सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो आइतबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । 

हिजो आइतबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया