प्रत्येक वर्ष लिने स्थिर कर नीतिका कारणले स्वदेशी उत्पादनमूलक उद्योगहरु समस्यामा

३ बर्ष अगाडि

काठमाडौं - सरकारले प्रत्येक वर्ष लिने स्थिर कर नीतिका कारणले स्वदेशी उत्पादनमूलक उद्योगहरु समस्यामा परेको सरोकारवालाहरुले बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले आयोजना गरेको परिवर्तित राजस्व नीतिको उपभोक्तामा प्रभाव नामक अन्तरक्रियामा बोल्दै अस्थिर नीतिका कारण उत्पादनमूलक उद्योग समस्यामा परेको बताएका हुन् । 

सहभागीहरुले सरकारले उद्योग प्रोत्साहन गर्ने नारासहित लिएका कर नीतिका कारण उद्योग समस्यामा पर्नुका साथै उपभोक्तालाई समेत राहत नमिलेको बताएका छन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारले गत वर्षको प्रतिस्थापन बजेटमार्फत लिएको नीतिले उपभोक्तालाई पनि फाइदा नपुगेको बताए । उनले सरकारले विलेट उद्योगका विरुद्ध लिएको नीतिका कारण राजस्वमा ८ अर्बको कमि आउनुका साथै फलामे डण्डीहरुको मूल्यमा समेत गिरावट नआएको बताए ।

श्रेष्ठले भने गत वर्षको प्रतिस्थापन विधेयक आउनुअघि डण्डीको मूल्य ७० रुपैयाँ थियो । तर, अहिले १२० रुपैयाँ पुगेको बताउँदै उनले यस स्पञ्ज आइरनमा कर छुट दिने सरकारी नीतिका कारणले सरकारको राजस्व गुम्नुबाहेक केही फाइदा नभएको उनको भनाइ छ । 

यस्तै, देशमा वार्षिक २० लाख टन डण्डी खपत हुने र उक्त परिमाणको कर छुट भएको उनको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया