सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो मंगलबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया