सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग महासंघको आग्रह

३ बर्ष अगाडि

काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । 

महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको बताउँदै यस सम्वन्धी कानूनको व्यवस्था गर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसदहरुसँग भेटगरी सिघ्र कानून निर्माणका लागि पहल गर्न आग्रह गरहेको हो । 

भेटका क्रममा महासंघको प्रतिनिधिमण्डलले कानूनमा समेटिनुपर्ने विषयहरुका बारेमा समेत जानकारी गराएको थियो । सुनचाँदी व्यवसायसञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध व्यवसायी मर्कामा पर्दै आएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया