यो साता कतिले घट्यो सुनको मूल्य, अहिले कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - यो साता सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

अघिल्लो साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ६०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ । 

अहिले पनि सोहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

यस्तै चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 


 

३ बर्ष अगाडि

प्रतिक्रिया