काठमाडौं - सरकार र केन्द्रीय बैंकले सामान आयातमा कडाईका बाबजुद पनि जेठ महिनासम्ममा १७ खर्ब ६३ अर्ब रुपैयाँको सामान आयात भएको छ ।
भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म अघिल्लो वर्षको जेठ महिनाको तुलनामा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवको ११ महिनामा १३ खर्ब ८३ अर्ब रुपैयाँको सामान आयात भएको थियो ।
नेपालले चालु आवको ११ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँको सामान निर्यात गरेको छ जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५३.३ प्रतिशत वृद्धि हो । जेठ मसान्तसम्म व्यापार घाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।
नेपालको आयात निर्यात अनुपात ११ महिनासम्ममा ९.४९ गुणा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशतले बढी हो । नेपालको कुल व्यापारमा आयातमा हिस्सा ९०.४७ प्रतिशत रहेको छ । यो अघिल्लो वर्ष भन्दा १.६ प्रतिशतले कम हो ।
प्रतिक्रिया