पाकिस्तानमा एकैरातमा भारीका साथ बढ्यो पेट्रोलियम पदार्थको मूल्य

३ बर्ष अगाडि

एजेन्सी - पाकिस्तान सरकारले घरेलु बजारमा पेट्रोल डिजेलमा दिइरहेको सब्सिडी खारेज गरेसँगै त्यहाँ पेट्रोलरडिजेलको मूल्य रकेटको गतिमा बढेको छ । 

पाकिस्तान सरकारलेले अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ) बाट पैसा पाउनका लागि सब्सिडी खारेज गर्दै इन्धनको मूल्यमा एकैपटक २९ प्रतिशतसम्मको बढोत्तरी गरिदिएको छ । यसले सर्वसाधारणमा थामिनसक्नु आर्थिक बोझ थोपरिएको छ ।

पाकिस्तानको सरकारले राज्यकोषको घाटा कम गर्न र नगद संकटबाट प्रताडित अर्थतन्त्रलाई त्राण दिन यस्तो कदम उठाएको एजेन्सीहरुले प्रकाशित गरेका समाचारहरुमा दाबी गरिएको छ । 

प्रधानमन्त्री शहवाज सरिफ नेतृत्वको सरकारले करिब २० दिनमा इन्धनमा दिइने अनुदानमा गरेको यो तेश्रो कटौति हो । आइएमएफले पाकिस्तानलाई आर्थिक सहायता गर्नका लागि इन्धनमा सरकारले दिने अनुदान खारेज गर्नुपर्ने पहिलो शर्त राखेको थियो । 

पाकिस्तानमा ह्वात्तै बढेको इन्धनको नयाँ मूल्य बुधबार मध्यरातिदेखि नै लागू भइसकेको छ । अनुदान हटाइएका कारण पाकिस्तानमा डिजेल र पेटोल औधी महंगो भएको बताइएको छ । पेटोलको मूल्यमा प्रतिलिटर २४ रुपैयाँ र डिजलको मूल्यमा ५९.१६ रुपैयाँसम्मको भारि वृद्धि भएको छ । पेटोल डिजेलको मूल्यमा उछालको गतिमा भएको यो बढोत्तरीले त्यहाँ महंगीले आफ्नो कुरुप अनुहार देखाउने निश्चित छ। 

पाकिस्तानमा पेटोलको मूल्य मे २५ भन्दा अगाडि नै पनि प्रतिलिटर ६० रुपैयाँसम्मको वृद्धि भइसकेको थियो । तर पुनः भारि वृद्धिपछि अब पाकिस्तानमो पेटोलको नयाँ मूल्य प्रतिलिटर २३३.८९ र डिजेलको मूल्य प्रतिलिटर २६३.३१ रुपैयाँ पुगेको छ । यस्तै, मट्टितेलको मूल्य प्रतिलिटर २११.४७ रुपैयाँ पुगेको छ । 

पाकिस्तानका वित्तमन्त्रीले भनेका छन् कि सबै इन्धनको मूल्यलाई बढाएर अब खरीद मूल्यमा ल्याइएको छ र अब सबै खालका अनुदानको व्यवस्था खारेज गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया