भारतबाट फेरी भारी मूल्यमा बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा कति पुग्ला ?

३ बर्ष अगाडि

काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीवार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।

आईओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनमा प्रतिलिटर ९१ रुपैयाँ ९१ पैसा बढेको छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा २ रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ ।

खरिद मूल्य बढेसँगै आगामी १५ दिनमा करीब ४ अर्ब ७१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । हवाई इन्धन (बाह्य) र मट्टितेलमा सामान्य नाफा रहेको निगमले जनाएको छ ।

नयाँ खरिदमूल्यमा विभिन्न शीर्षकको कर थप्दा पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा, डिजेलको २०२ रुपैयाँ १६ पैसा, मट्टितेलको १४७ रुपैयाँ ९९ पैसा, हवाई इन्धन ९आन्तरिक०को १६८ रुपैयाँ ७० पैसा, हवाई इन्धन (बाह्य)को प्रतिलिटर १४७ रुपैयाँ ८९ पैसा र एलपी ग्यासको प्रतिसिलिण्डर २ हजार ५५१ रुपैयाँ १५ पैसा पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया