नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा शुरु,प्रधानमन्त्रीद्धारा उद्घाटन

३ बर्ष अगाडि

काठमाडौं- नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरे । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताएका छन् ।  स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

‘निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागित र सहकार्य विना सम्भवन हुँदैन, उनले भने ‘निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रर्दशनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने प्रधानमन्त्री देउवाले बताए । एउटै प्रर्दशनीमा धेरै किसिमका वस्तुहरु अवलोकन तथा खरिद बिक्री गर्न पाईने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाईदा पुग्ने देउवाको भनाई छ । 

मुलुकको उद्यमशिलता विकास तथा निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसंग संधै हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया