हिजो घटेको सुनको मूल्य आज ८०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले घटेको थियो । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया