चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा बिहिबारबाट

३ बर्ष अगाडि

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ । कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । 

कोभिड १९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । संक्रमण जोखिम कम भएसंगै आर्थिक गतिविधीलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्न चेम्बरले पाँचौ अन्तराष्ट्रिय एक्स्पो गर्न लागेको हो । 

पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिईएको चेम्बरले जनाएको छ । चेम्बर एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोेग मिल्ने चेम्बरले बताएको छ ।

मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास  गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया