तारागाउँ रिजेन्सी होटल्सको नाफा ४ करोड माथि, कति पुग्यो प्रतिशेयर आम्दानी ?

३ बर्ष अगाडि

काठमाडौं- तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा होटलले ४ करोड १४ लाख रुपैयाँ नाफा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटल १२ करोड ६५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । 

त्यस्तै, १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा भने २८ करोड ११ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया