मंगलबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा १ हजार ८०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार १०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य आज ९६ हजार ६०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १ हजार २४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैंया रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया