आइतबार सुनको मूल्य १५०० ले उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

गत शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया