काठमाडौं - चालू आर्थिक वर्षको प्रथम १० महिनामा दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१।१ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३।८, मेशिनरी तथा पार्टस्को आयातमा २२।१, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५।३, कच्चा भटमास तेलको आयातमा २५।२ प्रतिशतले वृद्धि भएको छ ।
१० महिनामा औषधीको आयातमा १३४।९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारीमात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो ।
भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना, अष्टे«लिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा टर्कीबाट प्रमुखरुपमा वस्तु आयात हुने गरेको छ ।
प्रतिक्रिया