आज सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

हिजो मंगलबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बधबार पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । 

हिजो मंगलबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया