तोलामा ६०० ले ओरालो लाग्यो सुनको मूल्य,चाँदीको मूल्यमा पनि गिरावट

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९७  हजार रुपैंया कायम भएको छ ।

यस्तै,चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैंयाले घटेर १ हजार २७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैंया रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया