हिजो घटेको सुनचाँदीको मूल्य आज बढ्यो, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो आइतबार प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

आज सुनको मूल्य हिजो आइतबारको तुलनामा प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया