एजेन्सी - सुनको मूल्य चाँदीको तुलनामा हाल धेरै बढी छ । सुन चाँदीको अनुपात अहिले ८३ भन्दा माथि रहेको छ । यस्तो अवस्थामा चाँदीमा लगानी बढ्ने अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
सुनचाँदीको अनुपात प्रायजसो ६२ आसापास रहन्छ जुन हाल ८३ भन्दा माथि रहेको छ । जसको अर्थ प्रति अउन्स सुन किन्नकालागि ८३ अउन्स चाँदी चाहिन्छ ।
मे १२ मा सुनचाँदीको अनुपात ८९ रहेको थियो । सो अनुपात यस वर्षकै उच्च स्तर रहेको थियो । जुन अहिले घटेर ८३.६४मा झरेको छ । यसको अर्थ चाँदीको मूल्य बढिरहेको छ । यो वृद्धि अहिले पनि जारी रहेको छ ।
सिल्भर इन्स्टिीच्युटको रिपोर्ट अनुसार चाँदीको मूल्य बढ्नुमा कैयौं कारणहरु रहेका छन् । सुनको उच्च मूल्य रहीरहँदा लगानीकर्ताहरू लगानीकालागि चाँदीतर्फ उन्मुख रहेका छन् । अहिले स्टेर्लिंग सिल्भर र गोल्ड प्लेटेड चाँदीको गहनाको माग बढेको छ ।
विश्वभरमा चाँदीको माग यस वर्ष ३४ हजार ७५० टनको रेकर्ड स्तर पुग्ने आशा गरिएको छ । गहनाको मागमा ११ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ भने चाँदीका सामाग्रीको माग २३ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।
सन् २०२२मा भौतिक चाँदीको माग १३ प्रतिशतले बढेर सात वर्षकै उच्च स्तरमा पुग्ने आशा गरिएको छ । गत एक दशकमा चाँदीको माइनिंग स्थिर रहेको छ । सन् २०१९ भन्दा अघिल्लो चार वर्षसम्म माइनिंगमा गिरावट आएको थियो । विगत एक दशकमा चाँदीको अवस्था कमजोर रहेको छ । र यसको मूल्यमा खासै वृद्धि भएको छैन ।
प्रतिक्रिया