कोरोना संक्रमणबाट प्रभावित व्यवसायीलाई करमा ७५%सम्म छुट

३ बर्ष अगाडि

काठमाडौं- कोरोना संक्रमणबाट प्रभावित व्यवसायीलाई चालु आर्थिक वर्ष २०७८/७९ का लागि विशेष छुटको व्यवस्था गरिएको छ। 

आन्तरिक राजस्व विभागले कोभिड प्रभावित कारोबारमा ७५ प्रतिशतसम्म कर छुट व्यवस्था गरेको हो। जसअनुसार ३० लाख रुपैयाँसम्मको कारोबार वा ३ लाख रुपैयाँसम्म आय भई आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४) बमोजिम कर लाग्ने करदातालाई आय वर्ष २०७८र७९ मा लाग्ने करमा ७५ प्रतिशत छुटको व्यवस्था गरेको छ। 

सोही दफाको उपदफा (४क) बमोजिम कारोबारका आधारमा कर बुझाउने ३० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई आय वर्ष २०७८/७९ मा लाग्ने करमा ५० प्रतिशत छुटको व्यवस्था विभागले गरेको छ। 

होटेल, ट्राभल, ट्रेकिङ, चलिच व्यवसाय (निर्माण, वितरण तथा प्रदर्शन), पार्टी प्यालेस, सञ्चारगृह (मिडिया हाउस_ वा यातायात सेवाको एक करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आय वर्ष २०७८/७९ मा आफ्नो व्यावसायिक उद्देश्यअनुरुपको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करमा ५० प्रतिशत छुट हुने विभागले जनाएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया