टर्कीको मुद्रास्फीति दर ७३।५ प्रतिशतको उच्च विन्दुमा, राष्ट्रपतिको अपरम्परागत नीति

३ बर्ष अगाडि

एजेन्सी - टर्कीको मुद्रास्फीति दर ७३.५ प्रतिशतको उच्च विन्दुमा पुगेको छ । मे महिनाको टर्कीको मुद्रास्फीति गत वर्षको सोही अवधिको तुलनामा ७३.५ प्रतिशतले वृद्धि भएको हो । जुन २३ वर्षयताकै उच्च हो । 

खाद्यान्न तथा इन्धनमा भएको मूल्यवृद्धि र राष्ट्रपति रेकेप तेइप इर्डोगानको मौद्रिक नीतिीमाथिको लामो समयदेखिको अपरम्परागत रणनीतिले टर्कीको मुद्रास्फीतिदर २३ वर्षकै उच्च विन्दुमा पुगेको जनाइएको छ । 

८ करोड ४० लाख जनसंख्या रहेको टर्कीमा खाद्यान्नको मूल्य ९१.६ प्रतिशतले वृद्धि भएको छ । टर्कीका उपभोक्ताले इन्धनको चर्को मूल्यवृद्धि र आपूर्ति शृंखलासम्बन्धी समस्याको सामना गरिरहनुपरेको छ । 

बितेका वर्षहरुमा टर्कीले तीव्र आर्थिक वृद्धि हासिल गरेको थियो। यद्यपि राष्ट्रपति इर्डोगानले आफूलाई ब्याजदरको शत्रुका रुपमा ज्याख्या गर्दै आर्थिक वृद्धिको परिणामस्वरुप उत्पन्न मुद्रास्फीतिलाई शान्त पार्नका लागि ब्याजदर वृद्धि गर्न वर्षौंसम्म अस्वीकार गरिरहे । 

जसका कारण टर्कीको मुद्रा लिराको मूल्यमा गिरावट आउनुका साथै औसत टर्किस नागरिको खर्च गर्ने क्षमतामा ह्रास आउन थाल्यो । 

३ बर्ष अगाडि

प्रतिक्रिया