काठमाडौं - व्यावसायिक र घरायसी प्रयोजनका ग्यास सिलिन्डरको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमिति गठन गरिएको छ ।
नेपाल आयाल निगमको बिहीबार बसेको सञ्चालक समिति बैठकले उपसमिति गठन गरेको हो । निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरिएको छ ।
उपसमितिको संयोजक तोक्न बाँकी छ । सबै सरोकारवाला सहभागी गराएर दुई थरी सिलिन्डर तोक्ने र त्यसको मूल्य निर्धारण गर्ने जिम्मेवारी समितिको हुनेछ ।
समितिमा ग्यास व्यवसायी, रेस्टुरेन्ट तथा होटेल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधि रहनेछन् । समितिले केही दिनभित्रै पूर्णता पाउने र अध्ययन सुरु गर्नेछ ।
प्रतिक्रिया