साउदी कच्चा तेलको उत्पादन बढाउन तयार,  विश्व बजारमा मूल्यमा गिरावट

३ बर्ष अगाडि

एजेन्सी - विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । 

युरोपेली संघको प्रतिबन्धपछि रुसको उत्पादनमा उल्लेखनीय कमी आएमा साउदी अरब कच्चा तेलको उत्पादन बढाउन तयार रहेको प्रतिवेदन सार्वजनिक भएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो । 

फाइनान्सियल टाइम्सका अनुसार साउदी अरब आपूर्ति अभावको जोखिमप्रति र तेलको मूल्यमा नियन्त्रण गुुमाउनु आफ्नो हितमा नरहेको तथ्यप्रति सचेत रहेको छ । 

आज बिहान एसियाली कारोबार समयमा तेलको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य १.६८ प्रतिशतले घट्दै प्रतिब्यारेल ११४.३४ डलर कायम भएको छ । त्यस्तै यूएस क्रुड फ्युचर्सको मूल्य पनि १.८७ प्रतिशतले घट्दै प्रतिब्यारेल ११३.१० डलरमा झरेको छ । 

फाइनान्सियल टाइम्सका अनुसार साउदी अरेबिया र ओपेकका नेताहरुले अझै पनि तेलको वास्तविक अभाव नदेखिएको बताएका छन् । तर, महामारीको पुनरुत्थानका लागि विश्वभरका अर्थतन्त्रहरु पुनः खुला हुँदै गर्दा यो अवस्था नरहने र कच्चा तेलको माग बढ्ने बताइएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया