काठमाडौं- होटल संघ नेपालले होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमश ः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरू प्रयोग नहोस् भन्ने अभियान घोषणा गरेको छ । संघले यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने उच्च विश्वास लिएको छ ।
सोही सन्देश विश्वसामु पुर्याउन सञ्चार मध्यमको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुदाँ कोभिडपछिको पर्यटनलाई तीव्र गतिमा लयमा फर्काउने उद्देश्यले होटल संघले होटलका कोठाहरूमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनिकरण गर्न "Campaign to eliminate Single Use Plastic From Hotel Rooms" सम्बन्धी औपचारिक कार्यक्रमबारे पत्रकार सम्मलेन आयोजना गरेको छ ।
विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनिकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वामाझ प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले होटल संघले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरूलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा हान अध्यक्ष सृजना राणाले पानीका बोतलदेखि सेम्पुका बोतल होटलमा धेरै प्रयोग हुने गरेको बताइन्। राणाले प्लास्टिक चलाउन सजिलो रहेकोले त्यो फाल्दा घाटा रहेको पनि बताइन्। उनले ३०० मिलियन टन प्लास्टिक उत्पादन हुने बताएकी छन्।
हानका प्रथम उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनलाई रोक्न प्रयास गरेको बताए। अबको २ वर्षभित्रै होटेलबाट एक पटक प्रयोग भएर पुनः प्रयोग नहुने प्लास्टिक हटाउने प्रतिबद्धता रहेको शाहले बताए। उनले केही ठूला होलटले प्लास्टिकका बोतल प्रयोग गर्न छाडिसकेकाले कार्यन्वयन गर्न सकिने बताए।
अहिलेको समय पर्या पर्यटन भएकाले अहिलेको क्याम्पेनले सहयोग पुग्ने बताएका छन्। नेपालमा पर्यटन बढाउन अहिलेको क्याम्पेनले फाइदा गर्ने बताए।
प्रतिक्रिया