आज ८०० ले ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

आज सुनको मुल्य हिजोको तुलनामा प्रतितोला ८०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया