१५०० सीसी माथिका गाडीमा अन्तशुल्क ५ प्रतिशतले बढ्यो, विद्युतियमा पनि बढाइयो

३ बर्ष अगाडि

काठमाडौं- १५०० सीसी माथिका कारको अन्तःशुल्कमा ५ प्रतिशतले वृद्धि भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को बजेटले १५०० देखि २००० सीसीका कारमा ७० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा ५ प्रतिशतले बढेर ७५ प्रतिशत पुर्याएको हो ।

सरकारले १५०० सीसी सम्मका कार, जीपरभ्यानमा लाग्दै आएको करलाई भने यथावत राखेको छ । त्यस्तै २ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५ प्रतिशतले अन्तःशुल्क बढेको छ । अब यी क्षमताका गाडीमा क्रमशः ८५ र ९५ प्रतिशत अन्तःशुल्क लाग्ने छ ।

त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । त्यसैगरी विद्युतिय गाडी तर्फ १०० किलोवाट क्षमताका गाडीमा लाग्ने अन्तशुल्कमा छुट दिइएको छ भने १००देखि २०० किलोवाट क्षमताका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

त्यसैगरी २०१ देखि ३०० किलोवाट क्षमताका मोटर जडान भएको कारमा ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तःशुल्क तथा ३०० किलोवाट भन्दा माथिको मोटर जडान भएको कारमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लगाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया