सुर्तीजन्य वस्तु, सौन्दर्य सामान साथै सवारीसाधनमा अन्तःशुल्क र भन्सार दर वृद्धि

३ बर्ष अगाडि

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटले रक्सी, सुर्तीजन्य वस्तु, सौन्दर्य वा रुप सज्जाका सामानलगायत विलासिताका वस्तुमा अन्तःशुल्क र भन्सार दरमा वृद्धि गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्मा आगामी आवको बजेट पेस गरेसँगै आगामी आवको कर नीतिसमेत सार्वजनिक भएको छ। आगामी आवको कर नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ ।

सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको हो । यसले यस्ता वस्तुको मूल्य बढ्ने देखिन्छ । सरकारले सवारीसाधन, मोटरसाइकललगायतमा पनि अन्तः शुल्क बढाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया