काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया