१० महिनामा चीन र भारतबाट ६ हजार बढि तीनपांग्रे विद्युतीय रिक्सा–टेम्पो नेपाल भित्रियो

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको १० महिनामा चीन र भारतबाट एसेम्बल गरिएका र एसेम्बल नगरिएका गरी ६ हजार ६ सय ४८ वटा तीनपांग्रे विद्युतीय रिक्सा–टेम्पो नेपाल भित्रिएका छन् । 

एसेम्बल नगरिएका तीनपांग्रे सवारीसाधन चीनबाट पाँच सय ८४ र भारतबाट एक सय ८० वटा भित्रिएका छन् । यी साधन नेपालभित्रै एसेम्बल हुन्छन् । 

यस्तै, एसेम्बल गरिएका तयारी तीनपांग्रे चीनबाट चार हजार चार सय ३७ र भारतबाट एक हजार चार सय ४७ वटा भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

पछिल्लो समय नेपालमा विभिन्न ब्रान्डका २० लाख रुपैयाँदेखि चार करोडसम्मका विद्युतीय कार हुइँकिन थालेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया