इन्धन बोकेका दुई ट्यांकरमा आगलागी

३ बर्ष अगाडि

काठमाडौं - रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । 

शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । 

रुपन्देहीका  प्रहरी प्रमुख  रविन्द्र रेग्मीले  आगलागी  नियन्त्रणमा आएको  बताए । उनले एउटा ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको खुलाए । आगलागी  कारण खुलिनसकेको उनको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया