पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय

३ बर्ष अगाडि

काठमाडौं - सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर उपभोक्तालाई राहत दिने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको संसदमा जानकारी दिए । 

मन्त्रिपपिरषद्ले स्वीकृति दिएर अर्थ मन्त्रालयमा कार्यान्वयनका लागि गएको उनले बताएका थिए । नेपाल आयल निगमले बजेटसम्बन्धी सुझाव दिँदा १० बुँदे सुझावमा पेट्रोल, डिजेल र मट्टितेलमा १० रुपैयाँ र एलपीजी ग्याँसमा १०० रुपैयाँ कर छुट गर्ने प्रस्ताव गरेको थियो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया