भृकुटीमण्डप जुत्ताचप्पल व्यापार मेला :  २० देखि ७० प्रतिशतसम्म छुट

३ बर्ष अगाडि

काठमाडौँको भृकुटीमण्डपमा बिहीबार बृहत जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ।

मेलाको उद्घाटन नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष तथा ग्रिल तथा स्टिल महासंघका अध्यक्ष मोहन कटुवालले गरेका छन्। 

नेपाल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। यो मेला १ महिनासम्म चल्नेछ। 

मेलामा नेपाली प्रख्यात जुत्ता तथा चप्पल कम्पनीहरु शिखर सुज, पिजी सुज, हाइलाइफ सुज, वान वोल्ड सुज, बोस सुज, फुट स्टेप सुज तथा बेम्बो सुजका उत्पादनहरु राखिनेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया