आज विहिबार सुनचाँदीको मूल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो बुधबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया