लगातार स्थिर रहेको सुनको मूल्य आज सामान्य उकालो लाग्यो, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९८ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मङ्गलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । लगातार दुई दिनको स्थिर पछि आज भने सामान्य मूल्यमा बढेको महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मङ्लबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया