काठमाडौं - विल विजक नभएको चिनीसहित नेपाल प्रहरीले ट्रक बरामद गरेको छ ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १५ धनेवा ईलाकाबाट करीव १ सय ९ क्वीन्टल चिनीसहित एउटा ट्रक बरामद गरिएको प्रहरीले जनाएको छ ।
चिनीको विल विजक फेला नपरेपछि सो ट्रक तथा उक्त ट्रकका चालकलाई समेत पक्राउ गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा
बुझाईएको प्रहरीले जनाएको छ ।
बरामद चिनी तथा ट्रकको भन्सार दाखिला मुल्य १७ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया