फिन्ल्याण्डले रुबल भुक्तानी नगरेपछि रुसद्धारा इन्धन तथा प्राकृतिक ग्यासको आपूर्ति बन्द

३ बर्ष अगाडि

काठमाडौं - फिन्ल्याण्डले इन्धनको मूल्यमा रुबलमा भुक्तानी नगरेपछि रुसले इन्धन तथा प्राकृतिक ग्यासको आपूर्ति बन्द गरेको छ ।

इन्धन तथा प्राकृतिक ग्यासमा धनी रुसबाट युरोपियन मुलुकहरुमा इन्धन आपूर्ति हुने गरेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पश्चिमा देशहरुले लगाएका प्रतिबन्धका कारण रुसलाई डलर र युरोमा कारोबार गर्न प्रतिबन्ध लगाइएको थियो ।

उक्त प्रतिबन्धलाई प्रतिकार गर्दै रुसले इन्धन तथा प्राकृतिक ग्यासको भुक्तानी रुबलमा गर्न आदेश दिएको थियो । रुसको यस आदेशलाई धेरै राष्ट्रहरुले अवज्ञा तथा आलोचना गर्दै आएका छन् । फिनल्यान्डले पनि उक्त आदेश नमान्दा रुसले प्राकृतिक ग्यास र इन्धनको आपूर्ति बन्द गरेको हो ।

रुसी इन्धन ग्याजप्रोम च्यानल र प्राकृतिक ग्यास ग्यासुम च्यानलबाट आपूर्ति हुँदै आएको थियो । शनिबारबाट यी च्यानलबाट फिन्लयान्डमा गरिने इन्धन आपूर्ति बन्द गरेको ग्याजप्रोम र ग्यासुमले विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया