भुक्तानी सम्बन्धी विवादका कारण रुसले रोक्यो फिनल्यान्डतर्फको ग्यास आपूर्ति

३ बर्ष अगाडि

एजेन्सी - रुसले भुक्तानी सम्बन्धी विवादका कारणले फिनल्यान्डतर्फको ग्यास आपूर्ति रोकेको छ । फिनल्याण्डमा ठूलो मात्रामा ग्यास निर्यात गर्दै आएको रुसले भुक्तानी विवाद बढ्दै गएपछि पूर्णरूपमा आपूर्ति बन्द गरेको हो ।​ 

युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । जसकारण, रुसले डलर र यूरोमा नभइ रुबलमा भुक्तानी गर्न फिनल्याण्डसँग माग गरेको थियो । जुन, माग फिनल्याण्डले अस्वीकार गरेपछि आपूर्ति बन्द गरेको हो ।

रुसको ग्यास आपूर्तिकर्ता कम्पनी ग्याजप्रोमले शनिबारदेखि फिनल्याण्डतर्फको आपूर्ति रोकेको रोयटर्सलाई पुष्टी गरेको छ । ग्यास आपूर्ति रोक्ने रुसको निर्णय मा भुक्तानी विवाद मात्र नभइ नाटोमा जोडिने फिनल्याण्डको चाहनाबाट समेत प्रभावित छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया