आज सुनको मूल्य हजारले घट्यो, चाँदी कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

हिजो मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ 

३ बर्ष अगाडि

प्रतिक्रिया