डेढ महिनापछि बैंकहरुले गरे १०० किलो सुन आयात

३ बर्ष अगाडि

काठमाडौं - डेढ महिनापछि बैंकहरुले १०० किलो सुन आयात गरेका छन् । बैंकर्स एशोशियसनका अनुसार झण्डै डेढ महिनापछि १०० किलो सुन आयातको लागि सिफारिस गरिएको थिए ।

तरलता अभावसँगै केन्द्रिय बैंकले सुनको आयातमा पनि कडाई गरेको थियो । गत फागुनमा मात्रै केन्द्रिय बैंकले सुन आयातको कोटा २० केजीबाट घटाएर १० केजिमा झारेको थियो । अहिले बैंकहरुले दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउछन् ।

बैंकर्स एशोशियसनले गत चैत २४ गतेदेखि सुनको आयात पुर्ण रुपमा रोकेको थियो । सुनको आयात रोकिएको करिब डेढ महिनापछि पुनः आयात सुचारु भएको हो । 

अहिले ग्लोबल आइएमई बैंक र प्रभु बैंकले सुन आयात सुरु गरेका छन् । आयात गरिएको सुनमा बैंकहरुसँग ३१ किलो सुन स्टकमा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया