एजेन्सी - भारतको खुद्रा मुद्रास्फीति १८ महिनायताकै उच्च विन्दुमा पुग्ने सम्भावना रहेको छ ।
रोयटर्सले गरेको सर्वेक्षणअनुसार इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धि र भारतीय रिजर्भ बैंकको माथिल्लो सहिष्णुता सीमा लगातार चौथो महिना उच्च विन्दुमा रहेकाले भारतको अप्रिल महिनाको मुद्रास्फीति दर १८ महिनायताकै उच्च विन्दुमा पुग्ने जनाइएको हो ।
गत मार्च महिनामा प्रमुख राज्यहरुको निर्वाचनपश्चात इन्धनको मूल्यवृद्धि गर्ने भारत सरकारको निर्णयले यो उछाल लामो समयदेखि अनुमान गरिएको थियो ।
उपभोक्ता मूल्य सूचकको लगभग आधी हिस्सा ओगट्ने खाद्यान्न मुुद्रास्फीति गत मार्चमै उच्च थियो । विश्वव्यापी रुपमा वनस्पति तेल तथा खाना पकाउने तेलको मूल्यमा भइरहेको वृद्धिले यो अझै बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया